सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिलाउने उद्देश्यले काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ ।

आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिलाउँदै आएको बैंकले अरोगिन हेल्थकेयरमा पनि छुट दिलाउने सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्युआर वा मोबाइल बै‌ंकिङमार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाको भुक्तानी गर्दा ४५ प्रतिशतसम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार