साउदीको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ।

सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सोबारे उल्लेख गरेको छ। प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैरतेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ।

यता मौसमी समायोजन वास्तविक जिडिपीको तथ्यांकअनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ।

सुझावित समाचार