नेसनल लाइफको ‘क्रुज डिनर एट नारायणी रिभर’

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि दुई रात तीन दिनको ‘क्रुज डिनर एट नारायणी रिभर’ कार्यक्रम गरेको छ । कम्पनीले आफ्नो ०७९ चैतमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताका लागि यो कार्यक्रम गरेको हो । नारायणी नदीमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउनुका साथै उनीहरूलाई सौराहा भ्रमण पनि गराएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब चार सयजना अभिकर्ता सहभागी भएको जनाइएको छ । 

यसका साथै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । योजनामा छनोट भई सम्मानित हुन सफल अभिकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरेको जनाइएको छ । उक्त अवसरमा उपस्थित अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईले उत्प्रेरणा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ । 

सुझावित समाचार