गृहद्वारा एसपी तिम्सिनाको राजीनामा स्वीकृत

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस नभएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ।

गृह मन्त्रालयले बुधबार राजीनामा स्वीकृत गरेको हो। बढुवा समितिले गत साता १८ एसपीलाई बढुवा सिफारिस गरेको थियो। इन्स्पेक्टर भर्नामा आफू पहिलो नम्बरमा रहेको, तर बढुवामा अन्याय भएको भन्दै तिम्सिनाले गत आइतबार राजीनामा दिएका थिए।
 
उनको राजीनामा स्वीकृत भएसँगै प्रहरीमा एसपीका २२ पद रिक्त भएका छन्।

सुझावित समाचार