एसिसी प्रिमियर कप क्रिकेट : नेपालले २२ रनमा ३ विकेट गुमायो

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ ।  युएईविरुद्ध एक सय १८ रनको लक्ष्य पाएको नेपालले २२ रनमा तीन विकेट गुमाएको हो । 

वर्षाका कारण हिजो खेल सम्पन्न हुन नसकेपछि आज रिजर्भ डेमा युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमाएपछि नेपालले एक सय १८ रनको लक्ष्य पाएको हो । 

नेपालका आसिफ शेखलाई युएईका आयान खानले एलबिडब्लू आउट गरेका छन्। अहिले कप्तान रोहित पौडेल र गुल्सन झा ब्याटिङ गरिरहेका छन्।

सुझावित समाचार