नेपाललाई छैटौँ सफलता, गुल्सनले लिए विकेट

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
नेपाललाई छैटौँ सफलता, गुल्सनले लिए विकेट

बसिल हामिदकाे विकेट लिएपछि मिडियम पेशर गुल्सन झा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलिरहेको युएईको छैटौँ विकेट गुमेको छ । 

मिडियम पेसर गुल्सन झाले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् । उनले २७ बलमा १० रन बनाएर बसिल हमिदलाई आउट गरे । 

ताजा अवस्थामा युएईले २३ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ । 

नेपाली सिमर र स्पिनरहरू हावी भएपछि युएईले नियमित अन्तरालमा विकेट गुमाइरहेको छ । 

सिमर करण केसीले दुई र सोमपाल कामीले एक, स्पिनर सन्दीप राजभण्डारी र ललित राजवंशी एक–एक विकेट लिइसकेका छन् । 

त्रिवि खेलमैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले युएई ब्याटिङ गरिरहेको हो । 

सुझावित समाचार