नेपालले लियो चौथो विकेट, युएईको ब्याटिङ संकटमा

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
नेपालले लियो चौथो विकेट, युएईको ब्याटिङ संकटमा

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । 

त्रिवि खेलमैदानमा जारी खेलमा नेपालले टस जितेर युएईविरुद्ध फिल्डिङ रोजेपछि अहिले युएई ब्याटिङ गरिरहेको छ । 

नेपाली बलरहरू हाबी हुँदा युएई संकटमा परेको छ । युएईले दश ओभरभित्र चार विकेट गुमाइसकेको छ । 

नेपालका लागि करण केसीले दुई, सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिइसकेका छन् । 

सुझावित समाचार