रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय योगदान गरेबापत नेपाल एसबिआई बैंक सम्मानित

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेबापत सम्मानित भएको छ। 

नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहका अवसरमा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबिआई बैंकका प्रमूख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त प्रशंसापत्र प्रदान गरेका थिए।

आर्थिक वर्षभित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये एसबिआई बैंकले सबैभन्दा विप्रेषण भित्र्याएर उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा एक सय ३० एटिएम सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

सुझावित समाचार