एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङलाई हराउँदै कुवेतले सेमिफाइनलमा स्थान बनाएको छ।
हङकङविरुद्धको खेलअघि कुवेत तालिकाको तेस्रो स्थानमा थियो। तर, महत्वपूर्ण खेलमा हङकङमाथि ३० रनको जित निकाल्दै कुवेतले फाइनल प्रवेशका लागि नेपालसँगको भेट पक्का गर्यो।
मूलपानी खेलमैदानमा भएको खेलमा कुवेतमा पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ७२ रन बनाएको थियो। उसका लागि अलराउन्डर सिराज खानले सर्वाधिक ६७ र विकेट किपरब्याटर उसमान पटेलले ५० रनको योगदान गरे।
यस्तै, अदनान इद्रिसले ४५, कप्तान मोहम्मद अस्लामले ३२ रन बनाए। जवाफी ब्याटिङमा आएको हङकङले अन्तिम बलमा अलआउट हुनुअघि दुई सय ४२ रन मात्र बनाउन र इतिहास रच्ने मौका गुमायो।
हङकङका लागि ओपनर निजाकत खानले सर्वाधिक ६० रन, आइजाज खानले ४९ र यासिम मुर्तजाले ४३ रनको योगदान दिए। तर, नियमित अन्तरालमा विकेट गुमाएपछि हङकङ निराश बन्न बाध्य भयो।