आइतबार सामान्य घटेको सेयर बजार आज राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज २३.६३ अंकले घटेर १९०८.०५ विन्दुमा ओलिएको छ।
आज सबै समूहको सेयर ओरालो लागेको छ। यस दिन बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै उन्नति लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्त कम्पनीको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ भने आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।