एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित भएका छन्। बैंकका प्रमुख सल्लाहकारसमेत रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण प्रदान गरेका हुन्।

संविधान दिवसको अवसरमा गत असोज ३ गते घोषित उक्त विभूषण ०८० वैशाख १ गते महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहबीच प्रदान गरिएको हो। यस सुखद अवसरमा अग्रवाललाई सम्पूर्ण बैंक परिवारले बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपतिप्रति कृतज्ञता प्रकट गरेको छ।

सुझावित समाचार