अब ग्राहकहरुले नेपाल पेको क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (एक सय)सम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन्। उक्त अफर नेपाल भरी रहेका नेपाल पेको क्युआरका सम्पूर्ण मर्चेन्टहरुमा यही २६ चैत्रदेखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विभिन्न मर्चेन्टहरुमा स्टाटिक क्युआर, डिपार्ट्मेन्ट स्टोरमा डाइनामिक क्युआर, इ–कमर्श पोर्टलमा क्युआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपालपे क्युआरमार्फत ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपिएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।
नयाँ वर्ष २०८० मा नेपालभर रहेका दुई लाख ३५ हजारभन्दा बढी नेपालपे क्युआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।