रामेछापको कारागार कार्यालयमा कैद जीवन बिताइरहेका एक कैदीबन्दीको शुक्रबार मृत्यु भएको छ। कर्तव्यज्यान मुद्दामा पुर्पक्षको लागि कारागारमा बस्दै आएका कैदीबन्दीकाे मृत्यु भएको हाे। रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय वीरे दमाईं भन्ने वीरे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कारागारमा बसिरहेको समयमा अकस्मात पेट दुखेपछि उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रूपलाल तामाङले जानकारी दिए।
मृतक दमाईंलाई कर्तव्यज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते पुर्पक्षको लागि कारागार कार्यालय रामेछाप पठाएको थियो। कारागारमा कैदी जीवन बिताइरहेका दमाईंको १ महिना १९ दिनमा मृत्यु भएको छ।