सेवाप्रदायकको दायित्व के हो ?

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
  •  विनाभेदभाव     उपभोक्तालाई सेवा प्रदान गर्ने ।
  •  सर्वसाधारणले स्पष्ट रूपमा बुझ्ने गरी सबैले देख्ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरेबापत उपभोक्ताले तिर्नुपर्ने मूल्यको सूची राख्ने । 
  •   सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने ।
  •      पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने ।
  •      उपभोक्तालाई सेवा प्रदान गरेबापतको रकम लिएपछि त्यसको बिल वा रसिद दिने ।
  •       तोकिएबमोजिम अन्य दायित्व पूरा गर्ने ।

सुझावित समाचार