गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा भीमफेदीका जेलरलाई सफाइ

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनका प्रतिवादी मकवानपुरस्थित कारागार कार्यालय भीमफेदीका चिरञ्जीवी थापासमेत दुईजनालाई सफाइ दिएको छ। 

बिहीबारको इजलासले थापा र उनकी श्रीमती गोमा कट्टेललाई सफाइ दिने आदेश गरेको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी ठहर नहुने फैसला गरेको हो। 

अख्तियारले १ मंसिर २०७६ मा मुद्दा दायर गरेकोमा तीन वर्षपछि फैसला गर्दै आरोप दाबी नठहर्ने निष्कर्षमा अदातल पुगेको हो। 

अख्तियारले थापा सार्वजनिक सेवा प्रवेश गरेको जेठ ०४५ देखि आर्थिक वर्ष ०७५-७६ मा वैध आय गरेकोभन्दा सम्पत्ति तथा खर्च बढी देखिएको थियो। उनीउपर एक करोड १३ लाख ६० हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै रिट दायर भएको थियो। थापाकी श्रीमती कट्टेलका नाममा सम्पत्ति खरिद गरेको भनी जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो।

सुझावित समाचार