अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना बनाएर अघि बढ्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्। सकारात्मक परिणाम निकाल्ने गरी ठोस योजनासहित अघि बढ्न मन्त्रीले बोर्डलाई निर्देशन दिएका हुन्।
सोमबार मन्त्री महतले बैंक ब्याजदर र अहिलेको अवस्थाका बारेमा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका थिए। सो अवसरमा संघका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखा परेका चुनौतीहरूकाे विषयमा जानकारी गराएका थिए।
संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभावलगायतको विषयमा अवगत गराएका थिए।