भारतकी स्नेहालाई दुवाथलनको उपाधि

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३ अन्तर्गत दुवाथलनको पुरुषमा युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशी च्याम्पियन बनेका छन् ।

नेपाल ट्रायथलन संघको आयोजनमा आइतबार पोखरामा भएको प्रतियोगिताको निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी ५९ मिनेट २७ सेकेन्डमा पार गर्दै पुरुषतर्फ अलजावी पहिलो भएका हुन् ।

एक घन्टा १२ मिनेट १९ सेकेन्डका साथ महिलामा भारतकी जोशीले उपाधि जितेकी हुन् । पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका हिमाल टमाटा उपविजेता हुँदा निर्धारित दूरी ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए ।

एक घन्टा २ मिनेट ९ सेकेन्डका साथ नेपालका वसन्त थारू तेस्रो भए । महिलातर्फ एक घन्टा १३ मिनेट २५ सेकेन्ड दूरी पार गर्दै भारतकी संजना सुनिल जोशी दोस्रो र १ घन्टा १४ मिनेट ३० सेकेन्डमा दूरी पूरा गर्दै नेपालकी हुमी बुढामगर तेस्रो भए । 

प्रतियोगिताअन्तर्गत शनिबार एसियन ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपका खेल सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, जापान, उज्वेकिस्तान, लक्जम्बर्ग, उरुग्वे, अस्ट्रेलिया, काजाकिस्तान, अस्ट्रिया, स्लोभाकिया, युएई, प्यालेस्टाइन, न्युजिल्यान्ड रोमानिया, अल्जेरिया र मोरिसस गरी १८ देशका ४७ पुरुष र १९ महिला गरी ६६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

See More On

सुझावित समाचार