प्रधानमन्त्रीसँग वार्ताकाे लागि बालुवाटार पुगे मिटरब्याजपीडित

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्रीसँग वार्ताकाे लागि बालुवाटार पुगे मिटरब्याजपीडित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याजपीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् ।

शनिवार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा छलफल हुँदै छ । 

उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन । 

यसअघि पनि मिटरब्याजपीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर, जस्ता नारा लगाएर बालुवाटार प्रवेश गरेका हुन्  । अहिले प्रधानमन्त्री र मिटरब्याजपीडितबीच वार्ताकाे तयारी हुँदै छ ।

सुझावित समाचार