जंगली हात्तीको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

सोमबार, ६ चैत, २०७९
डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ। 

आज बिहान चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगरलाई घाँस लिन जंगल गएको वेला जंगली हात्तीले आक्रमण गरेको थियो। 

रौतहट धनसर जंगलमा मगरलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। 

See More On

सुझावित समाचार