खेलमा फर्कियो नेपाल, युएईको तेस्रो विकेट गुम्यो, भीम सार्कीले गरे रनआउट

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण
खेलमा फर्कियो नेपाल, युएईको तेस्रो विकेट गुम्यो, भीम सार्कीले गरे रनआउट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

विस्फोटक ब्याटिङ गरेका युएईका कप्तान मोहम्मद वसिमको विकेट लिएसँगै नेपाल खेलमा फर्किएको छ । 

युएईले ९८ रन बनाउँदा दोस्रो विकेटका रूपमा वसिम आउट भएका थिए । २० रन जोड्दा युएईले तेस्रो विकेट पनि गुमाएको छ । चुन्दनगपोयिल रिजवान सात रनमा रनआउट भए । भीम सार्कीले फालेको थ्रोमा विकेटकिपर आसिफ शेखले स्टम्प उडाए । 

ताजा अवस्थामा २४ ओभर सम्पन्न हुँदा युएईले तीन विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।  

सुझावित समाचार