सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। १० दलका नेताहरू सहभागी बैठकमा उपराष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

उपराष्ट्रपतिमा एमालेले अष्टलक्ष्मी शाक्यलाई अघि सार्दा गठबन्धनबाट तीनजनाले उम्मेदवारी दिएका छन्। जसपाबाट दुई तथा जनमत पार्टीबाट एकजनाको उम्मेदवारी परेको छ।

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन चाहे पनि निर्वाचन आयोगको निर्णयका कारण प्रमिलाकुमारी यादवलाई पनि उम्मेदवार बनाएको छ। गठबन्धनमै रहेको जनमतले ममता झाको मनोनयन दर्ता गराएको छ।

सुझावित समाचार