आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ को अन्तिम सिरिजअन्तर्गत अहिले युएई र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा अहिले पिएनजीले ब्याटिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको पिएनजीले ३४औँ ओभरको खेल सकिँदा चार विकेट गुमाएर एक सय १६ रन बनाएको छ ।
सात एसाेसियट राष्ट्र सम्मिलित लिग– २ मा पिएनजीको यो अन्तिम खेल हो । पिएनजी ३५ खेलबाट ११ अंक बनाएर पुछारमा छ । युएईले भने भाेलि नेपालसँग अन्तिम म्याच खेल्नेछ । ३४ खेल खेलिसकेको युएई ३१ अंकसहित छैटौँ स्थानमा छ ।