युएईलाई पाँचौँ झड्का, सन्दीपले लिए विकेट

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण
युएईलाई पाँचौँ झड्का, सन्दीपले लिए विकेट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्न जित्नैपर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी भएको छ । 

नेपालले दिएको दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले ३४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएको छ । १४औँ ओभरको चौथो बलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौँ सफलता दिलाए । 

आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले रोहन मुस्तफालाई एलबिडब्लू धरापमा पारे । 

सुझावित समाचार