आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपाललाई सुरुवाती झड्का लागेको छ ।
पछिल्लो केही म्याचमा सानदार ब्याटिङ गरिरहेका ओपनर ब्याटर आसिफ शेख डक आउट भएका छन् ।
गर या मरको अवस्थामा रहेको युएईले आज स्पिनरबाट बलिङ थालेको थियो । त्यही धरापमा आसिफ परे । सीधा विकेटतर्फ आइरहेको बलमा क्रस ब्याट चलाउँदा उनी एलबिडब्लू आउट हुन पुगे ।