टस जितेर नेपालले रोज्यो ब्याटिङ, युएई फिल्डिङ गर्दै

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपाल र युएई आमने–सामने भएका छन् । 

एकदिवसीय मान्यता जोगाउने महत्वपूर्ण मानिएको यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । आज पनि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ सुरुवात गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सुरु खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराएको खण्डमा नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउनेछ

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले युएईको सामना गरेको हो । नेपालले सिरिजको पहिलो म्याचमा पपुवा न्युगिनीलाई हराएको थियो । 

आजको खेल जित्दै नेपाल आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन चाहन्छ । साथै, विश्वकप छनोटको सम्भावना कायम राख्नेछ । हारले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ ।

युएईका लागि एकदिवसीय मान्यता जोगाउन आजको खेल निकै महत्वपूर्ण छ । आजको खेल हारे गणितीय सम्भावना मात्र बाँकी हुनेछ । 

सुझावित समाचार