उम्मेदवारी दर्तापछि रामसहायले भने– पूर्व सहमतिअनुसार मेरो उम्मेदवारी

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहाय यादवले गठबन्धनमा भएको पूर्वसहमतिअनुसार उम्मेदवारी दिएकाे बताएका छन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले सांसदहरूले आफूलाई मतदान गर्ने बताए। ‘पहिलेको सहमतिअनुसार सबै दलका माननीय सदस्यहरूले प्रस्तावमा समर्थन गर्नुभएको छ,’ यादवले भने।

उपराष्ट्रपतिमा निर्वाचित भए आफू सदैव संविधान र राष्ट्रिय एकता रक्षाका लागि भूमिका खेल्ने उनको भनाइ छ। ‘निर्वाचित भइयो भने मुलुकको संविधानको रक्षा र पालना गर्ने र राष्ट्रिय एकतालाई अझ मजबुत पार्ने मेरो भूमिका हुनेछ।’

सुझावित समाचार