डोल्पामा पहिलोपटक जिल्ला प्रशासनबाटै राहदानी वितरण सुरु

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

डोल्पामा पहिलोपटक जिल्ला प्रशासनबाटै राहदानी वितरण सुरु गरिएको छ।

राजधानी जान–आउन समय र आर्थिक हिसाबले पनि खर्चिलो हुने भएकाले जिल्लाबाटै पासपोर्ट (राहदानी) सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए। अब जिल्लाबाटै प्रक्रिया पूरा गरेको एक महिनामा राहदानी पाइने प्रजिअ अधिकारीले बताए।

पहिलोपटक ठुलीभेरी नगरपालिका– १ का चन्द्रप्रकाश रोकाया र त्रिपुरासुन्दरी नगरपालिका– ११ का गनेशमान पुनलाई पासपोर्ट प्रदान गरेको प्रशासनले जनाएको छ। जिल्लाबाटै राहदानी पाउँदा पैसा र समयको बचत भएको पासपोर्ट लिएपछि पुनले बताए।

See More On

सुझावित समाचार