नेपाली स्पिनर चम्किएपछि पिएनजी धराशायी बन्दै

२९८ रनको लक्ष्य पछ्याएको पिएनजीले आठौँ विकेट गुमायो, सन्दीपले लिए चार विकेट

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
नेपाली स्पिनर चम्किएपछि पिएनजी धराशायी बन्दै

पिएनजीकाे छैटाैँ विकेट लिएपछि सेलिब्रेशन गर्दै स्पिनर सन्दीप लामिछानेलगायत । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाली स्पिनरहरू चम्किएपछि पपुवा न्युगिनीको ब्याटिङ अर्डर धराशायी बनेको छ । नेपालले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युनिगीले ४२ ओभरभित्र ८ विकेट गुमाइसकेको छ । 

८ मध्ये सात विकेट स्पिनरले लिएका छन् । पिएनजीका एक खेलाडी रनआउट भए । 

उत्कृष्ट फर्मलाई निरन्तरता दिने क्रममा वर्ल्ड क्लास स्पिनर सन्दीपले चार विकेट लिइसकेका छन् । यस्तै, अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दुई  र कुशल मल्लले एक विकेट लिएका छन् । 

सुझावित समाचार