ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ।

मंगलबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो। चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल गरे। खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे।

जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ। लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई हराएको थियो।

अर्को खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेका छन्।

सुझावित समाचार