‘डलरको खेती गर्नेहरूले शान्ति प्रक्रियाका काम टुंग्याउन नदिने षड्यन्त्र गरे’

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डलरको खेती गर्नेहरूले शान्ति प्रक्रियाका काम टुंग्याउन नदिने षड्यन्त्र गरेको बताएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कामलाई अदालती प्रक्रियामा लगेर शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने र बाह्य शक्तिको चलखेल बनाइराख्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसका विरुद्ध आवाज उठाउन आह्वान गरे ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियालाई संविधानको एउटा अंगका रूपमा स्वीकार गरिएको स्मरण गराए । आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिन जारी गरिएको अध्यादेश पनि मुद्दा हालेर अघि बढ्न नदिएको र हाल सामान्य निहुँ बनाएर प्रचण्डमाथि नै मुद्दा हालिएको भन्दै उनले आपत्ति जनाए ।

‘यथार्थमा के बुझ्नैपर्छ भने केही डलरको खेती गर्ने मान्छेहरू, केही डलरमनीहरू, हामी ऐन, कानुनहरू बनाउँछौँ, उनीहरूले विभिन्न बहानामा अदालतमा मुद्दा हाल्छन् । अनि, अदालतले नै स्टे अर्डर गर्छ । त्यो कारणले गर्दा वर्षौँदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन बन्न नदिने, ऐन नै नबनेपछि आयोग बन्दैन । आयोग नबनेपछि यो समस्या हल हुँदैन,’ भट्टराईले भने ।

सुझावित समाचार