मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

१९औँ पल्सर स्पोर्टस् अवार्ड

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण
मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

अवार्ड ग्रहण गर्दै युवा फुटबलर मनीष डाँगी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष युवा खेलाडी ०७८ को अवार्ड मनीष डाँगीले जितेका छन् । 

१९औँ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत मनीषले वर्ष युवा खेलाडी ०७८ को अवार्ड जितेका हुन् । यस विधामा मनीषसँगै फुटबलकी प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए । सबैलाई उछिन्दै मनीष विजेता भएका हुन् । 

पल्सर स्पोर्टस् अवार्ड विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय खेल सम्मान हो । 

सुझावित समाचार