३ प्रश्न

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

बिमस्टेक मुलुकबीच इन्टरकनेक्टेड प्रसारण लाइन बनाउने प्रस्तावलाई कसरी हेर्नुभएको छ ?
नेपाललगायत दक्षिण र दक्षिण पूर्वी एसियाली देशहरूका लागि यो प्रस्ताव निकै सकारात्मक छ । बिमस्टेक मुलुकहरूबिच १४–१५ क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति भएअनुरूप यो प्रस्तावले गति लिएको हो । यसअघि यसले आशा गरेअनुरूप काम गरेको थिएन । तर, अब भने आशा बढाएको छ । काम सुरु हुन सक्ने सम्भावना देखाएको छ । 

भौतिक रूपमा यो प्रस्ताव कति ‘फिजिबल’ छ ?
‘इनर्जी ट्रान्जिसन’को योजना अहिले सर्वत्र चलिरहेकै छ । ‘क्लाइमेट चेन्ज’को असर नपर्ने कोही छैन । जसले गर्दा नवीकरणीय ऊर्जाको माग सबैतिर बढेको छ भने ‘फोसिल फ्युल इनर्जी’लाई फेज आउट गर्नुपर्ने दबाबमा सबै सदस्य राष्ट्रहरू छन् । बिमस्टेकले पनि त्यसैले यसलाई महत्व दिएको हो । अहिले भारतले पनि यसलाई उच्च महत्व दिइरहेको छ । 

यसबाट नेपालले के कस्ता लाभ लिन सक्छ ?
यसबाट हामीले अधिकतम लाभ उठाउन सक्छौँ । विद्युत् उत्पादनका क्षेत्रमा हाम्रो अधिकतम क्षमताको उपयोग गरी देशको समग्र माग पूरा गर्नुका साथै बिमस्टेक सदस्य राष्ट्र र अन्य छिमेकी देशको समेत आंशिक माग पूरा गर्न सक्ने सम्भावना हुन्छ । यसबाट यता उत्पादन बढी भएको समयमा छिमेकी देशतिर पठाउन र यता कम भएको समयमा उताबाट ल्याउन पनि सम्भव हुन्छ । ऊर्जाको निर्यात बढ्छ । त्यसैले, यो हाम्रो हितमा छ । 

सुझावित समाचार