नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा दुई सय २९ रन बनाएको छ। 

आठ विकेटको क्षतिमा नेपालले दुई सय २९ रन बनाएको हो । नेपालको इनिङमा भीम सार्कीले ७० रनको सर्वाधिक योगदान गरे। 

९९ बलमा सात चौकाको मद्दतमा भीमले ७० रन बनाएका हुन् । भीम क्रिजमा आउँदा नेपाली ब्याटिङ धराशायी बनिरहेको थियाे । ६८ रनमा पाँच विकेट गुमिसकेको अवस्थामा उनले सन्दीप लामिछानेसँग ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। 

सन्दीप आउट भएपछि क्रिजमा आएका आरिफ शेखले ४३ रनको योगदान दिए । उनले ५६ बलमा एक छक्का र दुई चौका प्रहार गरे। 

कुशल मल्लले ३२ बलमा ३२, सन्दीपले ४० बलमा २७, करणले ११ बलमा १७, प्रतिश जिसीले एक चौकाको मद्दतमा ६ बलमा ११ रन, ज्ञानेन्द्रले २६ बलमा ११, आसिफले १४ बलमा ६, रोहितले पाँच बलमा एक र दीपेन्द्रसिंह ऐरीले ११ बलमा चार रन बनाए।

सुझावित समाचार