आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपालले सुरुवातमै विकेट गुमाएको छ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा जारी सिरिजको अन्तिम खेलमा नेपाल र युएई भिडिरहेका छन् ।
नेपालले टस जितेर ब्याटिङ रोजे पनि सो निर्णय सही साबित हुन सकेन। जारी सिरिजमा उत्कृष्ट लयमा देखिएका आसिफ शेख ६ रनको अवस्थामा जुनैद सिद्धिकीको बलमा आयन अफजल खानबाट समातिए। १४ बल सामना गरेका आसिफ आउट भएपछि क्रिजमा कुशल मल्ल आएका छन् ।