विश्वकप लिग- २ : घरेलु टोलीसँग नेपालको अन्तिम भिडन्त

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

युएईमा जारी आइसिसी विश्वकप लिग– २ अन्तर्गत सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दै छ।

यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो। नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ।

पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो। नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ तालिकाको छैटौँ स्थानमा छ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा छ।
 

सुझावित समाचार