एमालेमाथि प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य : ओली

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन्। राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको ओलीको जिकिर छ।

शनिबार भक्तपुरमा आयोजित एमालेनिकट बुद्धिजीवी परिषद्को केन्द्रीय समिति बैठकमा यस्तो बताएका हुन्। जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको बताउँदै उनले त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टीनिकट बुद्धिजीवीहरूलाई आग्रह गरे।

‘बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ, जनतालाई भ्रममा पार्ने, अलमल्याउने, दिग्भ्रमित गर्ने र पथभ्रष्ट बनाउने, सही बाटोबाट अगाडि बढ्न नदिने जुन शक्तिहरू छन्, तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नुपर्दछ,’ ओलीले भने।

अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटक-पटक दोहोर्याएका थिए।

सुझावित समाचार