नेपालको १५० रन पूरा, आसिफ र सन्दीपबीच ५० रनको साझेदारी, जगाए जितको आशा

आइसिसी विश्वकप लिग - २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

ओपनिङ ब्याटर आसिफ सेख र स्टार स्पिनर सन्दीप लामिछानेले जितको आशा जगाएका छन् । मुख्य ब्याटरहरू सस्तैमा आउट भएपछि धर्मराएको टिमलाई एक इन्डबाट आसिफले सम्हालिरहेका छन् । 

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपाल यसबीच एक सय ५० रन पूरा गरेको छ । 

अहिले क्रिजमा आसिफ एक सय १९ बलमा ७५ रन तथा सन्दीप ३७ बलमा २० रन बनाएर डटिरहेका छन् । 

सुझावित समाचार