संकटका वेला आसिफको साहसिक इनिङ, पूरा गरे अर्धशतक

आइसिसी विश्वकप लिग – २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

ओपनिङ ब्याटर आसिफ सेखले अर्धशतक पूरा गरेका छन् । पपुवा न्युगिनीविरुद्धको खेलमा टिम संकटपूर्ण अवस्थामा रहेका वेला आसिफको अर्धशतक आएको हो ।

उनले ९५ बलमा ५४ रन बनाएका छन् । यसमा एक छक्का सम्मिलित छ । नेपाली इनिङको सुरुवात गर्न आएका आसिफ एक इन्डमा डटिरहेका छन् । 

अर्को इन्डबाट भने लगातार विकेट गुमिरहेको छ । तै पनि उनले पपुवा न्युगिनीका बलरसामु आफूलाई अब्बल सावित गरेका छन् ।

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपाल अहिले ३५ ओभरमा सात विकेट गुमाएर एक सय १६ रनको अवस्थाम छ । 
 

सुझावित समाचार