पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको लक्ष्य पछ्याइरहेको नेपालले सय रन पूरा गरेको छ । नेपालले ३१औँ ओभरमा ६ विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो ।
एकपछि अर्को लगातार विकेट गुमाएपछि धरासायी बनेको इनिङ सम्हाल्ने क्रममा अहिले क्रिजमा आसिफ सेख र कुशल मल्ल छन् ।