सामान्य लक्ष्य पछ्याएको नेपालको ब्याटिङ धराशायी, तेस्रो विकेट खस्यो

आइसिसी विश्वकप लिग - २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ अर्डर आज पनि चल्ने सकेको छैन । 

१६औँ ओभरको खेल चलिरहँदा ४६ रनको अवस्थामा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । जारी शृंखलामा पहिलोपटक मौका पाएका भीम सार्की ३५ बलमा आठ रन बनाएर आउट भएका छन् । 

सुरुवातमै दुई महत्वपूर्ण विकेट गुमाएपछि दबाबमा आएको नेपाल ठूलो साझेदारीको खोजीमा छ । अहिले ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेल क्रिजमा छन् । 
 

सुझावित समाचार