नेपालले दोस्रो विकेट पनि गुमायो, ज्ञानेन्द्र लगातार फ्लप

आइसिसी विश्वकप लिग - २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण
नेपालले दोस्रो विकेट पनि गुमायो, ज्ञानेन्द्र लगातार फ्लप

फाइल फाेटाे

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । सामान्य लक्ष्य पछ्याएको नेपालले लगातार दोस्रो खेलमा कमजोर सुरुवात गरेको हो । 

दोस्रो विकेटका रूपमा टिमका सबैभन्दा अनुभवी खेलाडी टपअर्डर ब्याटर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पछिल्ला सात म्याचमा उनी चल्न सकेका छैनन् । 

२० बलको सामना गरेका ज्ञानेन्द्रले आज जम्मा ६ रन बनाए । उनलाई पनि सेमो एलगोले आउट गरे । यसअघि ओपनर ब्याटर कुशल भुर्तेले सेमो एलगोको पहिलो बलमै एलबिडब्लु आउट भएका थिए ।

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पिएनजीले पहिले ब्याटिङ गरेको थियो । 

नेपाली बलरहरूले कसिलो बलिङ गरेपछि पिएनजी एक सय ७९ रनमा अलआउट गरेको थियो । ४९.२ ओभरमा अलआउट भएको पिएनजीका तीन ब्याटर रनआउट भएका थिए । पिएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रनको इनिङ खेले । 

नेपालको तर्फबाट सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । 

सुझावित समाचार