नेपाललाई पहिलो बलमै झड्का, कुशल गोल्डेन डकआउट

आइसिसी विश्वकप लिग - २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलो बलमै झड्का लागेको छ । 

ओपनर ब्याटर कुशल भुर्तेल सेमो एलगोको पहिलो बलमै एलबिडब्लु आउट हुन पुगे । कुशल आउट भएपछि क्रिजमा टपअर्डरका भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ल आएका छन् । 

आज उनीबाट महत्वपूर्ण इनिङको अपेक्षा गरिएको छ । किनभने, पछिल्ला ६ म्याचमा ज्ञानेन्द्र चल्न सकेका छैनन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले दोस्रो विकेट गुमाएको छ । उनी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । 

यसअघि टस हारेर फिल्डिङ गरेको नेपालले पिएनजीलाई एक सय ७९ रनमा अलआउट गरेको थियो । ४९.२ ओभरमा अलआउट भएको पिएनजीका तीन ब्याटर रनआउट भएका थिए । पिएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रनको इनिङ खेले । 

नेपालको तर्फबाट सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । 

सुझावित समाचार