टस जित्दै पपुवा न्युगिनीले रोज्यो ब्याटिङ, नेपाल फिल्डिङ गर्दै

आइसिसी विश्वकप लिग - २

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीचको खेल सुरु भएको  छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको खेलमा टस जितेर पिएनजीले ब्याटिङ रोजेको छ । पछिल्लो ६ म्याच लगातार टस जितेको नेपालले आज भने टस गुमाएको छ । तर, यसअघिजस्तै नेपाल फिल्डिङमा छ । 

एकदिवसीय मान्यता कायमै राख्न नेपालले लगातार आफ्ना खेल जित्नुपर्ने भएकाले आजको खेल पनि नेपालका लागि निकै महत्वपूर्ण छ । हिजो आयोजक युएईसँग अप्रत्याशित पराजय व्यहारेपछि नेपाल केही दबाबमा छ । 

यद्यपि, यसअघिका लगातारका तीन भेटमा पिएनजीलाई पराजित गरेकाले नेपालको मनोबल उच्च देखिएको छ । 

आजको खेलमा नेपालले गुल्सन झाको स्थानमा भीम सार्कीलाई समावेश गरेको छ । 

सुझावित समाचार