बुढासुब्बा गोल्ड कप : एभिनियर र केएफटिसीबीच उपाधि भिडन्त

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औंं संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर(केएफटिसी)बीच प्रतिस्पर्धा हुने भएको छ। 

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि  एभिनियरले उपविजेताको सिट सुरक्षित गरेको हो।

काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ। शनिबार उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुनेछ। 
एभिनियरको जितमा खेलको ४५औँ मिनेटमा डिम्बाले १ गोल गरे। एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो। मोरङका सुजन चौधरीले ८५औँ मिनेटमा आत्मघाती गोल गरेपछि एन्फा मोरङ गोलरहित भयो।

आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार प्राप्त गरे। शारीरिक रूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन। खेलको २२औँ मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके।

मोरङका गोल किपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौँ प्रहार विफल पारिदिए। खेलको १०औँ मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पन्च गरिदिए।

खेलको ३०औँ मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए। दोस्रो हाफको ३९औँ मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए। भिनियरका खेलाडीहरूले पनि पटकपटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन्। 
     
 

सुझावित समाचार