सातदोबाटो युथ क्लबले सागर डिस्टिलरी प्रालिको रोयल ब्लूसँग मुख्य प्रायोजकको सम्झौता गरेको छ। ए डिभिजन लिगलाई मध्यनजर गर्दै रोयल ब्लूसँग सम्झौता गरेको बिहीबार पत्रकार सम्मेलन गरी क्लबले जानकारी दिएको छ।
सम्झौताको अवधि एक वर्षको रहने जनाइएको छ। मुख्य प्रायोजकको रूपमा क्लवको नामसँग रायल ब्लू जोडिनेछ। यो अवधिमा क्लबको नाम ‘रोयल ब्लू सातदोबाटो युथ क्लब’ रहनेछ।
मुख्य प्रायोजकको रूपमा रोयल ब्लूलाई क्लबले जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रमहरूमा प्रचारात्मक सहयोग गर्नेछ। ए डिभिजन लिग शुक्रबारबाट सुरु हुँदै छ।