युएईसँग नेपाल पराजित

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पाएको नेपाल ६८ रनले पराजित भएको हो। ३१.५ ओभरमा अल आउट भएको नेपालले १३९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले अर्धशतक बनाए। ५३ बलमा १ छक्का र ९ चौकाको सहयोगमा उनले ६० रनको योगदान गरे। त्यसैगरी, सन्दीप लामिछानेले २६ रन र असिफ शेखले १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २७ रन मात्र खर्च गरे। त्यसैगरी, करन केसी, आरिफ शेख र कुशल मल्लले समान एक/ एक विकेट लिएका थिए।

यसअघि पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो।

सुझावित समाचार