संकटका वेला कुशल मल्लले बनाए आक्रामक अर्धशतक

आइसिसी विश्वकप लिग - २

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

युएईसँगको खेलमा संकटपूर्ण अवस्थामा कुशल मल्लले अर्धशतक बनाएका छन्। ४२ बलको सामना गरेका उनले एक छक्का र आठ चौकाको सहायताले ५२ रन बनाउँदै आफ्नो अर्धशतक पूरा गरे। 

एकदिवसीय म्याचमा यो उनको चौथो अर्धशतक हो। यसअघि स्कटल्यान्ड र नामिबियासम्मिलित शृंखलामा उनले दुई अर्धशतक बनाएका थिए। यस क्रममा उनले आकर्षक सटहरू प्रहार गरेका छन्। 

सुझावित समाचार