नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

आइसिसी विश्वकप लिग - २

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको महत्वपूर्ण खेलमा नेपाल र युएईबीचको खेल चलिरहेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको नेपालले युएईको दोस्रो विकेट लिएको छ । 

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वृत्य अरविन्दलाई आउट गरे । अरविन्दलाई कुशल भुर्तेलले स्लिपमा क्याच गरे । 

ताजा अवस्थामा १४ ओभरको खेल सकिँदा युएईले दुई विकेटको क्षतिमा ४८ रन बनाएको छ । 

यसअघि पहिलो ओभरमै करण केसीले नेपाललाई सफलता दिलाएका थिए । उनले युएईका ओपनर ब्याटर मोहम्मद वसिमलाई बोल्ड आउट गरे । कुनै रन नबनाउँदै युएईले विकेट गुमाएको थियो । 

नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो । यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ । 

सुझावित समाचार