यूएईमा जारी आइसिसी यू– १९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल अहिले घरेलु टोली युएईसँग भिडिरहेको छ ।
निर्णायक खेलमा नेपालको ब्याटिङ धर्मराएको छ । नियमित अन्तरालमा विकेट गुमाएकाले नेपाल दबाबमा देखिएको छ ।
नेपालले २८ ओभरको खेल सकिँदा पाँचौँ विकेट गुमाएको छ । सुरुवाती संकटबाट टिमलाई बाहिर निकाल्न सबैभन्दा आशा गरिएका कप्तान देव खनाल ५१ रन बनाएर आउट भएका छन् ।
उनी आउट हुँदा नेपालले २८ ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको छ । अहिले क्रिजमा विशालविक्रम केसी र मिलन बोहरा छन् ।
कप्तान खनालले एक छक्का र तीन चौकाको सहायतामा ७५ बलमा ५० रन बनाएका थिए । तर, अर्धशतकलाई शतकमा बदल्न उनी चुके ।
६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आजको खेल जिते नेपाल आगामी वर्ष श्रीलंकामा आयोजना हुने यू– १९ विश्वकप प्रतियोगितामा सीधै छनोट हुनेछ ।
आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।