युएईसँगकाे निर्णायक खेलमा धर्मरायाे नेपाली ब्याटिङ

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

युएईमा भइरहेको आइसिसी यू– १९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आज घरेलु टोली युएईसँग भिडिरहेको छ ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आजको खेल जिते नेपाल आगामी वर्ष श्रीलंकामा आयोजना हुने यू– १९ विश्वकप प्रतियोगितामा सीधै छनोट हुनेछ । 

आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । तर, सुरुवातमै विकेट गुमाएकाले नेपाल दबाबमा देखिएको छ । 

१५ ओभरको खेल सकिँदा नेपालले तीन विकेटको क्षतिमा ५९ रन बनाएको छ । कप्तान देव खनाल ३८ बलमा २८ रन बनाएर खेलिरहेका छन् । उनलाई उत्तम थापामगरले २३ बलमा १३ रन बनाएर साथ दिइरहेका छन् ।

सुझावित समाचार